स्वास्थ्य शिविर संचालनका लागि तिलोत्तमामा लायन्स नाइट हुने

by समतल अनलाइन

बुटवल । लायन्स क्लव अफ भलवारी सिटीले निशुल्क स्वास्थ्य शिविरका संचालनका गर्न रकम संकलनका लागि सांगितिक कार्यक्रम गर्ने भएको छ ।
मधुमेह र आखा रोग सम्बन्धि शिविर संचालनका लागि क्लवले लायन्स नाईटको आयोजना गरेको हो ।

हिन्दुहरुको दोस्रो ठुलो चार्ड दिपावलीको अबसर पारेर कार्तिक ८ गते सो कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष शर्वण कुमार थापा खाम्चाले जानकारी दिए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मंगलापुर स्थित बोधी विल्लामा हुने कार्यक्रममा नृत्य र गायनका बिभिन्न कलाकार र ब्याण्डहरुको प्रस्तुति रहने कार्यक्रम खाम्चाले जानकारी दिए ।

कार्यक्रममा गायिका एञ्जिला रेग्मी, अलि ब्रदर्श, वाइल्ड रिपर्ज, नेपाल आइडलका अफ्सर अली र शाहीर अलि लगायतको प्रस्तुती रहने कार्यक्रमका सह संयोजक रेमन ढुंगानाले जानकारी दिए । साथै तिलोत्तमा डान्सिङ्ग स्टार शुसिला सिंजाली र अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने क्वलले जनाएको छ ।

 
 
  
 

You may also like