सुरक्षा समिति बैठक सम्पन्न, स्थानीय तह निर्वाचनको लागि सुरक्षा योजना पेस गर्न निर्देशन

by समतल अनलाइन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको बुझिएको छ ।

समितिको बैठकमा आज २०७९ जेठ ४ गतेका लागि प्रस्तावित स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको थियो ।

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलसशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा सहभागी थिए ।

 
 
  
 

You may also like