नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी

by समतल अनलाइन

तनावपूर्ण खेलमा चार रातो कार्ड
काठमाडौं । नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो ।

नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो । त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गरेका थिए । नेपालले पहिलो मैत्रीपूर्ण खेल पनि जितेको थियो । विमल घर्तीमगरको गोलमा नेपालले पहिलो खेल जितेको थियो ।

७० औं मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्डको दर्शन गराएका थिए । त्यसपछि दुबै टोली दश खेलाडीमा सिमित बनेको थियो ।

त्यस्तै रेफ्री महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्याण्डको बाटो देखाएका थिए ।
त्यसको ७९औं मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।

 
 
  
 

You may also like