आजको राशिफल : कात्तिक १ गते, शुक्रबार

by समतल अनलाइन

वि.सं.२०७६ साल कात्तिक ०१ गते । शुक्रवार । इस्वी सन् २०१९ अक्टोबर १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्ण पक्ष । तिथि पञ्चमी,५७ घडी २९ पला,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र रोहिणी,२४ घडी ३८ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त मृगशिरा,योग वरियान,५२ घडी ३६ पला,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त परिध । करण कौलव,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त तैतिल,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त गर । आनन्दादिमा मित्र योग । चन्द्र राशि वृष,रातको ०४ बजेर ०२ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी ३२ पला । कार्तिक संक्रान्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा हरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

वृश्चिक (त्यो,ना,नि,नू,ने,नो,या,यी,यु) विभिन्न कारणले कामहरू रोकिन सक्छ ध्यान दिनुहोला । व्यवसायमा भनेजस्तो आम्दानी नहुने तथा साझेदारी व्यवसायमा लगानी गर्नेहरूले ध्यान दिनुहोला साझेदारहरूबिच मनमुटाब सिर्जना हुनेछ । व्यावसायिक यात्रा हुने भए पनि बाटोमा दुख पाइने तथा अनावश्यक ठाउँमा खर्च हुनेछ । प्रेममा नचाहँदा नचाहँदै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै पनि प्रतिस्पर्धामा तपाईँको नमः अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरू सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा विलासी बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरू थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।

 
 
  
 

You may also like