बृद्धाश्रमका आश्रित र गुरुकुलका बटुकहरुलाई न्यानो कम्बल बितरण

by समतल अनलाइन

हरिश ढकाल
बुटवल । सहिद दिवसको अवसरमा बुटवलको दिपनगरमा रहेको सन्तोषी माता गुरुकुल विद्या आश्रममा रहेका बटुकहरुलाई चिसोबाट जोगाउने उद्देश्यले न्यानोका लागि व्लाङ्गकेट (कम्बल) वितरण गरिएको छ । निलकण्ठ बाबाधाममा संचालित संस्कृत विद्या आश्रममा अध्ययन गर्ने (बटुक) विद्यार्थीहरुलाई जाडोबाट बचाउनका लागि कोरियन व्लाङ्गकेट (कम्बल) वितरण गरिएको चुजी फाउण्डेशनका प्रदेश संयोजक जानकी घिमिरेले बताउकी छन् ।
संयोजक घिमिरेका अनुसार बुटवल ७ स्थित निलकण्ठ बाबाधाममा रहेको बिद्या आश्रमका (बटुक)विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गर्दै आफुहरुले सेवामुखी भावनाका कारण २० वटा व्लाङ्गकेट वितरण गरिएको जानकारी दिइन् । आश्रमले कक्षा ६ देखि ११ कक्षासम्म संस्कृत अध्यापन गराउदै आएको छ भने कक्षा १२ समेत संचालन गर्ने अनुमति पाइसकेको छ ।
संयोजक घिमिरे भन्छिन्–संस्कृत बिद्या आश्रममा अध्ययन गर्ने बटुकहरुको लागि नत संघिय र प्रदेश सरकारको चासो नत स्थानिय सरकारको सहयोग छ । सहयोग र सेवाका सम्बन्धमा सबै तिरबाट उपेक्षित र अपहेलित बनेको आश्रममा कोभिडका कारण अहिले थप समस्यामा परेको छ । कतैबाट सहयोग प्राप्त नहुँदा आश्रम संचालन गर्न समेत गाह्रो भएको धामका अध्यक्ष चुडामणी पौडेलले बताएका छन् ।
अध्यक्ष पौडेलका अनुसार पछिल्लो समय नेपालीहरुमा विवाह महोत्सव, जन्मोत्सव आदी कार्य क्रमहरु विभिन्न बहानामा महंगा होटलहरुमा गर्नु साटो यस्ता आश्रममा आएर गर्दा आश्रम संचालनमा समेत टेवा पुग्ने बताएका छन् । आश्रममा जन्मोत्सव मनाउन आउदा बिधिवत् अष्टचिरञ्जीवी पुजा तथा हवन हुने, बटुकहरुलाई खाना रुवाउन सकिने तथा खुशी साटासाट गर्न सकिने पौडेलले बताएका छन् ।
यसका साथै बुटवल २ पाखापानीमा रहेको दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाश्रम, बुटवल १२, १३, १४ का विपन्न परिवारमा तथा नयाँगाउमा रहेको दृष्टिविहिन अनाथ आश्रम लगाएतका संस्थाहरुमा जाडोको व्लाङ्गकेट करिब २ सय वटा वितरण गरिएको परिवर्तनका लागि महिला समुह केन्द्रिय अध्यक्ष रिता सेनले बताइन । कार्यक्रममा कोरियन सहयोगी संस्था चुजीले सातै प्रदेशका विभिन्न स्थानमा व्लाङ्गकेट वितरण गर्ने कार्यक्रम गरेको समेत सो अवशरमा बताइएको थियो ।
सो अवसरमा जनप्रतिनिधी कला केसी, समाजसेवी राधा ज्ञवाली, पत्रकार तथा पाणिनी उद्यानका ऋषि आजाद, लगाएतले बोल्दै जाडोको समयमा बृद्धबृद्धा र बालबालिकालाई कम्बल लगाएतका सामाग्रीहरु बितरण गरेर संस्थाले सराहनिय कायृ गरेको बताएका थिए । सुर्खेत घर भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी बटुक गोपाल गौतमले आश्रममा हिन्दु धर्मावलम्बीहरुको महत्वपुर्ण ग्रन्थ वेद, कर्मकाण्ड, भाषा व्याकरण, नेपाली, अग्रंजी, सामाजीक तथा गणित विषयमा पठनपाठन हुने बताए । हरेक महिनाको प्रतिपदा र अस्टमीका विदा हुने यो आश्रम कोभिडले समेत प्रत्यक्ष प्रभावित बनेको विद्यार्थीहरु जनाएका छन् ।
त्यस्तै अर्का विद्यार्थी बर्दियाका युगिन सुवेदीले कक्षा ६ मा अध्ययन गर्नका लागि बुटवल आएको बताए । धर्म र संस्कतिको रक्षा गर्नका लागि आफुहरु संस्कृत पढ्नका लागि आएको उनिहरुको भनाई छ । आश्रममा १० जना कर्मचारी र २ जना भान्से समेत गरि १२ जना रहेको र कक्षा १२ सम्म पढाई हुने आश्रममा एक जना पनि सरकारी शिक्षकको दरवन्दी नरहेकोले संचालनमा समस्या रहेको छ । सम्पुर्ण खर्च स्थानिय निजी स्रोतबाट मात्र जुटाउने गरिएको र कतिपय शिक्षक तथा कर्मचारीले आफु खुशी आएर स्वयंसेवकका रुपमा शिक्षा दिइरहेको समेत आश्रमले जनाएको छ ।

 
 
  
 

You may also like