हराएको २४ लाख डोज खोप खोज्न छानविन समिति

by समतल अनलाइन

काठमाडौं । सरकारले हराएको भनिएको २४ लाख डोज कोरोना भाइरस संक्रमणविरुद्धको खोप खोजी गर्न छानविन समिति बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविन गर्न पाँच सदस्यीय समिति बनाएको हो । पाँच सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ ।

समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप हराएको खबर बाहिरिएको थियो ।

उक्त खबर बाहिरिएपछि सरकारको चर्को आलोचना भएको थियो । मन्त्रालयले यसबारे यकिन जवाफ दिन नसकिरहेका बेला छानविन समिति नै बनाएको हो ।

 
 
  
 

You may also like