टाकुराको सहकारीको अध्यक्षमा राजेन्द्र कुँवर सर्वसम्मत निर्वाचित

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा रहेको टाकुरा वचत तथा ऋण सहकारी संस्थाको दसौँ साधारण सभा तथा चौथो अधिवेशनले राजेन्द्र कुँवरको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अधिवेसनले उपाध्यक्षमा खेमराज खनाल, सचिवमा पशुपति चौधरी र कोषाध्यक्षमा वीरेन्द्र रानालाई निर्विरोध निर्वाचित गरेको छ ।
संस्थाको कार्यसमिति सदस्यमा क्रमसः सदस्य सृजना ज्ञवाली, जानुका न्यौपाने, घनश्याम न्यौपाने, भोज राज पौडेल, कृष्ण बहादुर कार्की निर्वाचित हुनुभएको छ । त्यस्तै शंकर गौतम संयोजक रहेको लेखा समिति सदस्यमा रमेश ज्ञवाली र डोलराज बेल्बासे चयन हुनुभएको छ भने शिक्षा समिति संयोजकमा पूजन भण्डारी चयन भएको संस्थाले जनाएको छ ।
साधारणसभाले अध्यक्ष रमेश ज्ञवालीको निति तथा कार्यक्रम , कोषाध्यक्ष वीरेन्द्र रानाको अनुमानित आय व्यय प्रतिवेदन तथा लेखा संयोजक शंकर गौतमको आलेप प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको ।
संस्थाका अध्यक्ष रमेश ज्ञवालीको अध्यक्षता ,जेष्ठ शेयर सदस्य शिवचन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन राजेन्द्र कुँवरले गर्नुभएको थियो भने स्वागत पशुपति चौधरीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like