कोरोनाबाट ३२ जनाको मृत्यु, ३,५४० जनामा संक्रमण

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ र एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६,३५९ जना संक्रमणमुक्त भएका छन् । यस्तै सो अवधिमा कोरोना संक्रमणबाट ३२ जनाको ज्यान गएको छ । । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित छन् ।

 
 
  
 

You may also like