सबैभन्दा अलग हुन्छन् यस्तो राशि भएका व्यक्ति

by समतल अनलाइन

राशिअनुसार व्यक्तिहरुको स्वभाव फरक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर कुन राशी भएका व्यक्तिको स्भावत कस्तो हुन्छ भन्ने कुरा जान्न हामी सबै उत्सुक हुन्छौं ।

धर्मशास्त्रमा राशिलाई भूमि, अग्नी र वायूलगायत तत्वसँग जोडेर परिभाषित गरिएको हुन्छ । यहाँ हामीले वायू तत्वसँग सम्बन्धित राशिबारे उल्लेख गर्दैछौं ।

यो श्रेणीमा तुला, मिथुन र कुम्भ राशि भएका व्यक्ति आउँछन् ।

तुला, धनु र मिथुन राशि भएका व्यक्तिको सबैभन्दा ठूलो विशेषता भनेको यो हो कि यीनिहरु धेरै स्वप्नशील हुन्छन् । यीनिहरुको कल्पना वास्तममै आकाश चुम्ने खालका हुन्छन् ।

साथै यी राशि भएका व्यक्तित्व पनि धेरै रहश्यमय हुन्छ । यीनिहरु कहिले के सोच्छन् ? यीनिहरुको अगाडिको कदम के होला ? यसमा पनि कसैले अनुमान लगाउन सक्दैन ।

यस्ता व्यक्ति सन्तुलन कायम गर्न माहिर हुन्छ । दुई व्यक्तिबीच सम्झौता गराउनु छ भने पनि यी राशि भएका व्यक्ति अगाडि हुन्छन् । वायु तत्ववाला व्यक्ति कुनै एक चीजको अधिकता सहन सक्दैनन् । यीनिहरुलाई ब्यालेन्स गर्नु नै राम्रो लाग्छ ।

यीनिहरु सामाजिक पनि हुन्छन् । यी राशि भएका व्यक्तिको साथी संख्या पनि धेरै हुन्छ । यीनिहरुलाई योजनाबद्ध तरिकाले काम गर्न मन पर्छ । यस्ता व्यक्ति धेरै जिज्ञासु प्रवृत्तिका हुन्छन् ।
तुला, मिथुन र कुम्भ राशिका व्यक्ति आसपासका परिस्थिति तथा अवस्थाअनुसार स्वयंलाई ढाल्न सक्षम हुन्छन् । यस्ता व्यक्तिसँग आफ्ना योजना धेरै हुन्छन् । तर अरुको नयाँ सोचलाई पनि यीनिहरुले महत्व दिन्छन् । एजेन्सी

 
 
  
 

You may also like