हिन्दू धर्ममा गाईको महत्त्व किन यति धेरै ?

by समतल अनलाइन

हिन्दूहरूले आफ्नो आस्थाको प्रतीकका रूपमा गाईलाई भगवानसरह पुज्ने गर्छन् । आखिर यो प्रचलन कहिलेदेखि शुरू भयो त ?

पूजा गरेपनि धेरैले गाईलाई राम्रोसँग नबुझेका पनि हुनसक्छ । गाई नेपालको राष्ट्रिय जनावर पनि हो । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ ।

हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं ।

१. हिन्दू धर्मका अनुसार गाईमा ३३ कोटी देवी देवता निवास गर्नेगर्दछन् । कोटीको अर्थ करोड नभई प्रकारको रुपमा मानिन्छ । यसको मतलव गाईमा ३३ प्रकारका देवताहरुको बास हुने गर्दछ । यी ३३ देवताहरुमा १२ आदित्य, ८ वशु, ११ रुद्र तथा २ अश्वीन कुमार । यी ३३ कोटी देवताको सधैंभरी गाईमा बस्दछन् भन्ने मान्यता छ ।

२. भगवान शिवको प्रिय पात विल्व पत्रको उत्पत्ति गाईको गोवरबाट नै हुने गर्दछ ।

३. ऋग्वेदले गाईलाई अंग मानेको छ । यजुर्वेद भन्छ गाई अनुपमेय हुन्छ । अथर्ववेदमा गाईलाई सम्पत्तिको घर मानिन्छ ।

४. पौराणिक मान्यता तथा श्रुतिहरुका अनुसार, गाई साक्षात विष्णुको रूप हो, गाई सर्ववेदमयी तथा वेद गाईमय रहेको छ । भगवान श्रीकृष्णको सारा ज्ञानकोष गोचरणबाट नै प्रप्त भएको मान्यत छ ।

५. भगवान रामका पूर्वज महाराजा दिलीप नन्दिनी गाईको पूजा गर्दथे।

६. भगवान गणेशको शिर काट्नेमाथि शिवजीले एउटा गाई दान गर्नुपर्ने दण्ड दिए । त्यही गाई पार्वतीलाई दिनुपरेको थियो ।

७. गरुढ पुराणका अनुसार वैतरणी पार गर्नको लागि गोदानको महत्व एकदमै धेरै छ ।

८. शास्त्र तथा विद्वानहरुका अनुसार केही पशुपंक्षी यस्ता हुन्छन् । जो आत्माको विकास यात्राको कतिको आत्मामा परिरहेका हुन्छन् । तर गाईको आत्मा गाईपछि मानिसको योनीमा आउनेछ ।

 
 
  
 

You may also like