एकैदिन थपिए ६ हजार ७३४ कोरोना संक्रमित, ३ को मृत्यु

३ माघ २०७८, सोमबार

काठमाडौ‌। नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९५ दशमलब १ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया