जलवायु परिवर्तनको प्रभाव : खाद्यान्न सङ्कट

by समतल अनलाइन

काठमाडौँ । विश्व भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा परेको छ । जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो । ग्लोबल हङ्गर इन्डेक्सका अनुसार ११७ देश सम्मिलित सूचाङ्कमा नेपाल उक्त सूचीमा परेको हो ।उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ । जुन सूचाङ्कमा श्रीलङ्का ६६औँ स्थानमा रहेको छ ।सो सूचीमा अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, नेपालभन्दा पछाडि परेका छन् । यो सूची अनुसार अफगानिस्तान १०८ पाकिस्तान ९४, बंगलादेश ८८औँ स्थानमा पुगेको छ । भुटान र माल्दिभ्स भने सूचीमा समावेश छैनन् । यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ । यो सूची तयार गर्दा कुपोषित बालबालिकाको सङ्ख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनुलगायतका कुरालाई समेटिन्छ ।

ग्लोबल हङ्गर इन्डेक्समा नेपालले पछिल्लो दुई दशकयता निरन्तर सुधार देखाएको छ । तथ्याङ्क अनुसार सन् २००० मा ३६ दशमलव आठ अङ्क पाएको नेपालले सन् २००५ मा ३१ दशमलव ३ अङ्कमा झारेको थियो । सन् २०१० मा २४ दशमलव ४ अङ्क प्राप्त गरेको नेपालले सन् २०१९ मा आइपुग्दा सुधार गर्दै अङ्क २० दशमलव ८ मा झारिसकेको छ ।सूचीका अनुसार देशलाई विभिन्न पाँच वर्गमा विभाजित गरी भोकमरीको अवस्थाबारे चित्रण गरिएको छ । सय पूर्णाङ्कलाई आधार मानेर शून्यदेखि ९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा भोकमरीको अवस्था न्यून रहेको मानिएको छ ।

यस्तै, १० देखि १९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा मध्यमस्तरको भोकमरी र २० देखि ३४ दशमलव नौ लाई गम्भीर प्रकृतिको भोकमरीका रूपमा अर्थयाइएको छ ।३५ देखि ४९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा भयावह तथा ५० अङ्कभन्दा माथि प्राप्त गर्ने मुलुकमा भने भोकमरीको स्थिति अति भयावह भनेर चित्रण गरिएको छ । यसमा नेपालले २० दशमलव ८ अङ्क प्राप्त गरेको छ, जुन मध्यमस्तरको भोकमरीभन्दा थोरै माथि हो ।नेपालसहित विश्वभर विश्व खाद्य दिवस मनाइँदैछ । हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीकाविरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्य दिवस मनाउने गरिन्छ । विश्व खाद्यान्न तथा कृषि सङ्गठन (एफएओ) का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न सङ्कट हो ।सन् १९६० को दशकमा नेपाल चामल निर्यात गर्ने छैटौँ देशमा पथ्र्यो तर अहिले नेपालमा हाम्रो अवस्था ठ्याक्कै उल्टो छ । -गोरखापत्र अनलाइन

 
 
  
 

You may also like