बुटवल १३ वेलवास, रुपन्देहीका स्थाई बासिन्दा ई. नव सुजित भण्डारी लुम्बिनी प्रदेशमा बहुचर्चित तथा चिन परिचित नाम हो | पुर्खौली थलो गुल्मी जिल्लाको चन्द्रकोट गाउपालिका स्थित रुपाकोट भए पनि बुटवलमै जन्मे हुर्केर बेलवासमै रहेको बुटवल ग्लोरी बोर्डिङ स्कुलबाट २०६३ सालमा एस एल सि दिएका भण्डारीले तत्पश्चात बुटवलकै अक्स्फोर्ड कलेजबाट +2 साईन्स गरेका थिए | उनले Lumbini Engineering College , भलवारीबाट ब्याचलर अफ सिभिल ईन्जिनियरिङ २०१४ सालमा उत्तीर्ण गरेका हुन भने सोही कलेजबाटै MSC- Construction Management समेत गरिरहेका छन |
हाल आवद्धता :
?️तिलोत्तमा नगरपालिका स्थित सिटिईभिटी अन्तर्गतको लुम्बिनी टेक्निकल ईन्स्टिच्युट (लुम्बिनी युनिभर्सल कलेज अफ ईन्जिनियरिङ ) मा विगत ५ वर्ष देखि प्रिन्सिपल तथा ७ वर्ष देखि प्राध्यापन |
?️ फर्साटिकर माध्यमिक विद्यालयमा प्राविधिक धार ईन्चार्ज |
?️ वि स २०७० सालमा स्थापना भएको नव ईन्जिनियरिङ कन्सल्टेन्सीको सन्चालक |
कार्यअनुभव :
?️ बुटवल उपमहानगरपालिकामा करार ईन्जिनियर तथा सव ईन्जिनियरको रुपमा कार्य अनुभव | (२०७४-७५/ २०७६-७७)
?️ निर्माण क्षेत्रमा कन्ट्र्याक्टरको ईन्जिनियरको रुपमा कार्य अनुभव |
?️ रुपन्देही तथा नेपालगन्जका ईन्जिनियरिङ कलेजहरुमा विभिन्न समयमा प्राध्यापन |
?️ वि. स. २०६३ सालबाट विभिन्न मिडिया सङ आवद्ध हुँदै पत्रकारको रुपमा समेत परिचय भएको | हाल रामापिथेकस मिडिया प्राली द्वारा सन्चालित जितगढी न्युजका प्रधान सम्पादक |
सम्लग्न संघ सस्था :
?️ मुल्यांकनकर्ता ईन्जिनियरहरुको सस्था “नेपाल भ्यालुअर्स एसोसिएसन” लुम्बिनी प्रदेशको कोषाध्यक्ष |
?️ प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल रुपन्देही जिल्ला कमिटीको सस्थापक अध्यक्ष |
?️ नेकपा एमाले बुटवल उपमहानगर कमिटी सदस्य तथा बिज्ञान तथा प्रविधी विभाग प्रमुख |
सिनियरहरुको मार्गदर्शन तथा युवाहरुको साथ र समर्थन सहित नेपाल ईन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशमा प्रगतिशील ईन्जिनियरको तर्फबाट ई. जीवन अर्यालको प्यानलबाट सह सचिवमा उम्मेदवार रहेका भण्डारी ईन्जिनियरहरु माझ एक निडर र आफ्नो कुरा प्रस्ट सङ राख्न सक्ने व्यक्तित्वको रुपमा परिचय बनाएका छन |
Er