अफगानिस्तानमा मारिए पाकिस्तानी तालिबानका शीर्ष नेता

by समतल अनलाइन

काठमाडौं । पाकिस्तानी तालिबान तथा तेहरीक-ए-तालिबान पाकिस्तानका शीर्ष नेता अफगानिस्तानमा मारिएका छन् । अल जाजिराका अनुसार अहिले तालिबान र सरकारबीचको वार्ता रोकिएको अवस्थामा पाकिस्तानी तालिबानका पूर्व प्रवक्ता खालिद बाल्टी अफगानिस्तानको नान्गरहार प्रान्तमा मारिएका हुन् । समाचारमा उल्लेख गरिएअनुसार पाकिस्तानको सीमा नजिकै रहेको क्षेत्रमा उनी मारिएका हुन् ।

यस विषयमा विस्तृत जानकारी भने आउन बाँकी रहेको समाचारमा उल्लेख छ । पाकिस्तानको स्थानीय सञ्चारमाध्यमहरुले भने उनलाई अपरिचित हतियारधारी समूहले गोली प्रहार गरेको उल्लेख गरेका छन् ।

पाकिस्तानी तालिबानले एक विज्ञप्ति जारी गर्दै खालिद मारिएको विषयमा अनुसन्धान भइरहेको बताएको छ । उनी अहिले पाकिस्तानी तालिबानको कुनै पनि जिम्मेवारीमा नरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।

 
 
  
 

You may also like