सहकारीको समुचित बिकासबाट मुलुकको समृद्धि संभव ः मुख्यमन्त्री केसी

by समतल अनलाइन

हरिश ढकाल
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारीको बिकासबाट मुलुकको समृद्धि संभव भएको बताउनु भएको छ । बुटवलस्थित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ ।
मुख्यमन्त्री केसीले हरेक सहकारीले शेयर सदस्यको भावानात्मक सम्बन्धमा साथ दिएर सिप, क्षमता र आयआर्जन बृद्धि गर्ने अभियानसँग जोड्दै सामाजिक अभिभावकको भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । बर्तमान ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको नतिजा दिन चाहेको उहाँले बताउनुभयो । सरकारको समृद्धिको लक्ष्य हासिल गर्नको लागि सहकारीको साथ आवश्यकता रहेकोमा उहाँको बिशेष जोड रहेको थियो ।
सहकारीलाई नियमन र ब्यबस्थित गर्न सहकारी सम्बन्धि केही ऐनहरु बनाईए पनि ब्यवहारिक भए भएनन भन्ने कुरालाई ख्याल गर्दै गठबन्धनको सरकार बनेपछि सहकारी मन्त्रालयको रुपबाट जिम्मेबार नियामक र व्राण्ड बनाउन कोसिस गरेको मुख्यमन्त्री केसीले बताउनु भयो । आम जनतालाई सहकारीकरण गर्दै वित्त ब्यवस्थापनलाई प्रभावकारी बनाउदै उत्पादनसँग जोड्न सकिने संभावनाको खोजी गर्न सहकारीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा धौलागिरी सहकारीका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सहकारी अभियानबाट आर्थिक परिवर्तनसँगै महिलाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको दाबी गर्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न आवश्यकता रहेको उँहाले बताउँदै सहकारीले आर्थिक क्रियाकलापसँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । सहकारी सम्बन्धि निति नियम परिमार्जनको आवश्यक्ता औंल्याउदै सभापति खाणले कतिपय नितिहरु सहकारीको बिकासमा बाधक रहेकोले सच्याउन सरकारलाई आग्रह गर्नु भयो ।
संस्थाका अध्यक्ष एवं मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालको सभापतित्वमा भएको सो कार्यक्रममा उत्कृष्ठ शेयरधनी, उत्कृष्ठ ऋणी, शेयरधनीका उत्कृष्ठ सन्तान, उत्कृष्ठ कर्मचारी लगाएतलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like