माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ। शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।’

 
 
  
 

You may also like