कर्मचारी युनियनको चुनावी सरगर्मी ः महाधिवेशन प्रतिनिधिमा भगवती पन्थीको उमेदवारी

by समतल अनलाइन

बुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको आठौं जिल्ला अधिवशेनमा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेस निकट कर्मचारीहरुको अधिवेशनमा विभिन्न पदमा उमेदवारी घोषणा भैरहेको छ ।

यसैक्रमा युनियनको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा एक जना मात्र महिला उमेदवार मैदानमा उत्रिनु भएको छ । वर्तमान नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको उपाध्यक्ष समेत रहनु भएकी भगवती पन्थीले महाधिवेशन प्रतिनिधिको उमेदवार घोषणा गरि मतदाता माझ पुग्नु भएको हो ।

२०६४ साल देखि निरन्तर युनियनको विभिन्न पदमा पुगेर संगठन गर्दै आउनु भएकी पन्थी युयिनकर्मीहरुका विचमा लोकप्रीय रहनु भएको छ । उहां यस अघि युनियन जिल्लाको सहसचिव, दुई पटक उपाध्यक्ष भई कार्य सम्पन्न गर्नु भएको छ । धेरै पुरुषहरुका विचा एक्लो महिला प्रतिशपर्दी पन्थीलाई मतदाताहरुले विजयी बनाउने अपेक्षा रहेको छ ।

रुपन्देहीको नेतृत्वका लागि चक्रपाणी पाण्डे र मोहन नेपाल मैदानमा उत्रिएका छन् । जिल्ला अधिवशेन शनिबार नै भैरहवामा हुदै छ ।

 
 
  
 

You may also like