स्पेनिस कोपा डे रेमा बार्सिलोना र रियलको जित

by समतल अनलाइन

काठमाडौं । स्पेनिस कोपा डे रेअन्तर्गतको अन्तिम ३२ को बुधबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले आ-आफ्नो खेलमा जित हात पारेका छन् ।

बार्सिलोनाले लिनरेस डेपोर्टिभोलाई २-१ गोल अन्तरले पराजित गरेको हो भने रियलले एल्कोयानोलाई ३-१ ले हराएको हो । बुधबार राति भएको खेलमा बार्सिलोनाले १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जित हात पारेको हो । बार्सिलोनालाई जित दिलाउन फेरान जुटग्लाले १/१ गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा रियललाई जित दिलाउन एडर मिलिटाओ र मार्को एसेन्सिओले १/१ गोल गरेका थिए । अर्को एक गोल आत्मघाती भएको थियो ।

 
 
  
 

You may also like