लुम्बिनीमा कठिन दान उत्सव शुरु

by समतल अनलाइन

रुपन्देही । बौद्ध परम्परा अनुसार गरिने पवित्र कथिन उत्सव आजदेखी लुम्विनीमा शुरु भएको छ । ३ महिना बर्षाबासमा बसेका भिक्षुहरुका लागि गरीने कठिन दानका लागि बुद्धजन्मस्थलमा २ दिने कथिन उत्सबको आयोजना गरीएको हो ।

असारदेखि असोज पूर्णिमासम्मको ३ महिनालाई वर्षावास भनिन्छ । पोखराका दाता पान श्री गुरुङको सहयोगमा आयोजित कथिन उत्सबमा लुम्बिनीको राजकीय बुद्ध बिहारमा ३ महिना बर्षाबासमा बसेका भिक्षु सागर धम्म लगायत बिभिन्न क्षेत्रका २० जना भिक्षहरुलाइ बौद्ध परम्परा अनुसार चिबर दान, अष्ट परिष्कार दान गर्ने कार्यक्रम छ । भिक्षुले लगाउने पहेंलो वस्त्र ९चीवर० र भिक्षापात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत ८ सामग्री हुन्छन । अनुशासित र नियमपूर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

कठिन उत्सवमा सहभागी हुन विभिन्न क्षेत्रका भिक्षु, गुरुआमा तथा उपासक उपासिकाहरु लुम्बिनी आइपुगेका छन । उत्सवको पहिलो दिन आज लुम्बिनी राजकीय बुद्ध बिहारमा धार्मिक कार्यक्रम चलिरहेको छ । बिहारमा भिक्षुसंघबाट परीत्राण पाठ तथा बुद्ध पुजा लगायत विभिन्न कार्यक आयोजना गरिएको बिहारका प्रमुख भिक्षु सागर धम्मले जानकारी दिए । पुजामा विभिन्न क्षेत्रका भिक्षुहरु, पाल्पा, रुपन्देही, पोखरा लगायतका बिभिन्न ठाउंका बुद्ध धर्मका अनुयायी तथा उपासक उपासीकाहरु सहभागि भएका छन् ।

कठिन उत्सवको दोस्रो दिन बिहिबार वर्षावासमा बसेका भिक्षु गुरुआमा सहित संघलाई चिवर दान र अष्टपरिष्कार दान गर्ने कार्यक्रम छ । कार्यक्रममा बौद्ध शिक्षको लागि योगदान पुर्याएका दाता र स्थनीय अगुवाहरुलाई सम्मान गरिने भिक्षु धम्मले जानकारी दिए । लुम्बिनीको महिलवार बजारबाट बृहत झाँकि सहितको शोभा यात्रा निकाल्ने कार्यक्रम रहेको बौद्ध महिला समितिका उपाध्यक्ष तथा वर्षवास कार्यक्रमका संयोजक राजकुमारी गुरुङले जानकारी दिए । बाजागाजा सहित निकालीने शोभा यात्रामा थारु समुदायको संस्कृति झल्कने नाच, लुम्बिनी बौद्ध बिराहा नाच प्रस्तुत हुने छ ।

प्रत्येक असार महिना पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । बर्षाको कारण चारैतिर पानी पर्ने ,जामिन भित्रका जिवहरु र किराहरु जमिन बाहिर निस्कने हुदाँ बाहिर हिडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका थिए ।

लुम्बिनीको राजकीय बुद्ध बिहारमा भिक्षुहरु सागर धम्म, भिक्षु विमल धम्म र भिक्षु मिलिन्द वर्षावासमा बसेका थिए । भिक्षुहरुका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम अर्थात विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्र्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।

 
 
  
 

You may also like