प्रतिनिधिसभा बैठक फेरि स्थगित, पुस २८ मा बस्ने

by समतल अनलाइन

काठमाडौं । शुक्रबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालय स्रोतका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशनमा व्यस्त हुनुपर्ने बताएपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

यहीबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि आगामी पुस २६ मा भारत जाँदैछन् । अब उनी फर्किएकै दिन प्रतिनिधिसभा बैठक बस्ने छ ।
‘२२ गतेका लागि डाकिएको बैठक प्रमुख प्रतिपक्षी एमालेको आग्रहपछि स्थगित गरिएको हो’, संसद सचिवालयल श्रोतले भन्यो, ’अब पुस २८ मा बस्ने गरी बोलाइएको छन् ।’

एमालेको आग्रहपछि संसद सचिवालयले अब अर्को बैठक आगामी पुस २८ गते १ बजेका लागि डाकेको छ । यसअघि माओवादी आठौं अधिवेशनमा व्यस्त भएको जनाउँदै प्रतिनिधिसभा बैठक रोकिएको थियो ।

 
 
  
 

You may also like