रुपन्देही व्यापार संघ अधिवेशन : सचिवमा पन्थ , सह – कोषाध्यक्षमा खनाल

by समतल अनलाइन

बुटवल ।रुपन्देही ब्यापार संघको एघारौँ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । संघको २९ सदस्यीय कार्यसमिति मध्ये सचिव र सह कोषाध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध भएको हो । सचिव पदमा कृष्ण प्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सराम पन्तको उम्मेदवारी परेको थियो । फर्सुराम पन्थले २ सय ७४ मतका साथ विजयी भए भने ।

सह–कोषाध्यक्ष पदमा मिलन सुनार र मनिराम खनालको उम्मेदवारी परेको थियो । मणिराम खनाल ४ सय ७९ मतमा साथ विजयी भएका छन् ।

मिलन सुनारले निर्वाचन बहिष्कार गरेर भोट नै हालेनन् । यसअघि नै सर्वसम्मत हुनेहरुमा अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल,द्वितीय उपाध्यक्षमा दिपक प्रसाद अधिकारी, कोषाध्यक्षमा नामदेव पाण्डे र सह सचिवमा ऋषिराम पाण्डे रहेका छन् । त्यस्तै २६ खुला सदस्य ४ शाखा सदस्य पनि निर्विरोध थिए ।

 
 
  
 

You may also like