३२६ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९,७०० पीसीआर र २,७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन्। ८९ जना आइसीयू र २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like