विश्व चर्चित टि – १० लिगमा सन्दीप लामिछाने छनोट, कर्नाटकाबाट खेल्ने

by समतल अनलाइन

काठमाडौं । विश्व चर्चित नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले कर्नाटकाका लागी टि – १० लिग खेल्ने भएका छन् ।

आज भएको अक्सनमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई टी–१० क्रिकेट लिग २०१९ का लागी कर्नाटका टसकसले आफ्नो टोलिमा छनोट हो ।

युनाइटेड अरब इमिरेट्स (युएई्र) मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने दस दस ओभर फम्र्याटको विश्व चर्चित क्रिकेट खेलमा सन्दीपलाई कर्नाटका टसकसले जारी ड्राफ्ट मार्फत पहिलो राउण्डमै खरिद गरेको छ । लामिछानेलाई कर्नाटकाले ४५ हजार डलरमा अक्सन मार्फत गरिद गरेको हो ।

सन्दीप लामिछानेको टिम कर्नाटका टसकस टिमको आइकोनीक प्लेयर हासिम अमला रहेका छन् । सन्दीपले गत सिजनको टि–१० क्रिकेट लिग केरला नाइट्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

 
 
  
 

You may also like