कोरोनाका कारण साउदीमा कडाइ, नेपाली दूतावासले गर्‍यो यस्तो आग्रह

by समतल अनलाइन

काठमाडौँ । पछिल्ला दिनमा साउदी अरबमा कोरोना भाइरस सङ्क्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दूरी कायम गर्न अनिवार्य गरेको हो ।

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ यस्तै कम्तीमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरेको छ । साउदी अरबमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड-१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ ।

तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

 
 
  
 

You may also like