प्रचण्डको बलमा संविधानसभामा गएका हौं : प्रधानमन्त्री देउवा

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बलमा संविधानसभामा गएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए ।

‘नेपालको राजनीतिमा प्रचण्डजीले धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलले हामी संविधानसभामा गएका हौं । २००७ सालमा कांग्रेसले उठाएको कुरा प्रचण्डजीको अगुवाईमा पूरा भएको हो,’ उनले भने ‘गणतान्त्रिक संघीयतासहितको संविधान आएको छ । संविधान बनाउने काममा प्रचण्डको महत्वपूणर् भूमिका छ भन्ने सबैले स्वीकार गर्नुपर्छ ।’ गठबन्धन कसैको विरुद्धमा नभएको उनले बताए । संसद र संविधान बचाउन गठबन्धन बनाएको उनले बताए ।

‘संसद पूरा चलोस भन्ने हो । यो संविधान र संसद बचाउने गठबन्धन हो । यो पूरा समय चल्ने छ अझ अगाडि जाओस् भन्ने चाहन्छु । ओली जीलाई यो खिलाफ हो भन्ने नलागोस्’, उनले भने ।

प्रचण्डको संविधान बनाउने र शान्ति प्रक्रियामा योगदान रहेको बताउँदै उनले शान्ति प्रक्रियाका केही कुरा पूरा नभएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर दीर्घकालीन शान्तिमा जान चाहेको उनले बताए ।

 
 
  
 

You may also like