माओवादी र मधेश विद्रोह नभएको भए देश अझै निरंकुशतामै हुन्थ्यो : उपेन्द्र यादव

by समतल अनलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरंकुशता जारी नै रहने बताएका छन् । यादवले अझै पनि देशमा वर्ग र वर्ण विभेद यथावत रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले सबै विभेद अन्त्य नहुँदासम्म देश समृद्ध नहुने बताए । ‘अझै पनि वर्ग विभेद र वर्ण विभेद छ’, यादवले भने ।

वर्ग र वणर् विभेदसँग जोडिएका सवाल कम्युनिष्टहरूले उजागर गरेको उनले बताए । ‘मधेशी, आदिवासी जनजाती, दलित, अल्पसंख्यको मुक्तिको सवाल कम्युनिष्ट आन्दोलनसँग जोडिएर आएका थिए, ती अहिले पनि अलपत्र परेका छन्’, यादवले भने, ‘यी राष्ट्रिय सवाल सम्बोधन नगरी मुलुक पनि बलियो हुँदैन, समृद्ध हुँदैन ।’ सबै प्रकारका विभेद अन्त्य गर्न सबैले एकजुट भएर लाग्नुपर्ने बताए ।

अध्यक्ष यादवले अहिले संघीयता र गणतन्त्र खतरामा रहेको बताए । ‘माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिए’, यादवले भने, ‘यिनको रक्षाका लागि सबैले एकजुट भएर लाग्नुपर्छ ।’ संसद अवरोध गरेर कुनै उपलब्धी नहुने उनले बताए । हठ त्यागेर मुलुकको हितमा नयाँ ढंगले सोच्न उनले आग्रह गरे ।

 
 
  
 

You may also like