सैनामैना नगर खेलकुदले गर्यो प्रशिक्षक प्रशिक्षण तालिम

by समतल अनलाइन

बुटवल।रुपन्देहीको सैनामैना नगर खेलकुद बिकास समितीले एथलेटिक्स् प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो नियमित कार्यतालिका अनुसार सैनामैनाभित्र रहेका निजी तथा सरकारी बिधालयका खेलशिक्षकहरुलाइ प्रशिक्षण दिएको सैनामैना नगर खेलकुद बिकास समितीका अध्यक्ष अमर लम्सालले जानकारी दिए । यहि माघमा हुने राष्ट्रपती रनिङशिल्ड प्रतीयोगीतामा समाबेश हुने खेलहरुको प्रशिक्षक प्रशिक्षण तालीम प्रदान गरिएको हो ।
खेल प्रशिक्षक तुलबहादुर थापा र राजकुमार थापाले सयुक्त रुपमा ५ दिनसम्म नगरका झन्डै ५० जना शिक्षकहरुलाइ प्रशिक्षण दिएका थिए । प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाइ बुधबार समापन गर्दै सैनामैना नगर प्रमुख चित्रबहादुर कार्किले नगर खेलकुद बिकास समिती गठन भइसकेपछी नगरको खेलकुद चलायमान भएको बताए ।
उनले बिधालय स्तरबाटै खेलकुदको बिकासका लागी नगरपालीकाले बिशेष प्राथमिकताका साथ अगाडी बढेको बताए । कार्यक्रममा बोल्दै शहिद नारायण प्रोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्थ, प्रशिक्षकहरु तुलबहादुर थापा, राजकुमार थापा ,प्रशिक्षार्थी रोमनाथ न्यौपाने ,नेत्र पुरी लगायतले आ आफ्नो धारणा राखेका थिए । सैनामैना नगर खेलकुद बिकास समितीका अध्यक्ष अमर लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like