बुटवलमा युरोपियन ब्राण्डको गाडि ‘स्क्याडो’को शोरुमको सुभारम्भ

by समतल अनलाइन

बुटवल। युरोपियन लिडिङ् ब्राण्डको स्क्याडो गाडिको वर्कशप सहित बुटवलमा शोरुम खुलेको छ । एम.एम.डब्लु. इन्टरप्राईजेजले वर्कशप सहितको उक्त ब्राण्डको गाडिको शोरुम सञ्चालन गरेको हो ।
वर्कसप सहित उक्त शोरुमको सोमबार लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उञ्चालन गर्नुभएको हो ।
उहाँले काठमाण्डौंमा मात्र बजार बनाएको स्क्याडोले उपत्यका बाहिर पनि बजार स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशमा स्क्याडोले राम्रो बजार पाउने बताउँदै उँहाले अब नेपालमा नै गाडी बनाउने उद्योगको स्थापनाको आवश्यकतामा जोड दिनुभयो । नेपालमा विद्युती गाडी उत्पादनको सम्भावना पनि भएकाले नीजि क्षेत्रलाई त्यसमा लाग्न आग्रह गर्दै केन्द्र र प्रदेश सरकारले विशेष सहयोग गर्ने मन्त्री शाहले बताउनु भयो ।
एम.ए.डब्लु. ईन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवाले स्क्याडोको डिलर नेटवर्क देशभर स्थापना गराई शुलभ रुपमा ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउनको लागि बुटवलमा शोरुम सञ्चालन गरिएको बताउनु भयो ।
उहाँले पश्चिम नेपालको बुटवलमा पहिलो पटक शोरुम र वर्कशप सञ्चालनमा ल्याईएको बताउनुभयो । सोरुमका सञ्चालक दिनेश श्रेष्ठले गाडीको सोरुमसँगै वोर्कसब पनि सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । बुटवलमा आधिकारिक डिलर रोडवेज लाइफस्टाइनले दुई दिने कार्यक्रम गर्दै ग्राहकवर्गमा विशेष योजना ल्याएको उँहाले जानकारी दिनुभयो । कार बुकिङ्ग गर्ने ग्राहकलई नगद छुट, एक वर्षको सवारी कर छुट, निःशूल्क बीमा, टेष्ट ड्राइभमा आकर्षक उपहार, एक्स्चेन्ज बोनस, रिफ्रेसमेन्ट तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने सोरुमका अर्का सञ्चालक दिपक श्रेष्ठले बताउनु भयो ।
स्क्याडो गाडीको डिलर पोखरा, नारायणगढ, बिराटनगर, विरगञ्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा रहेको छ ।

 
 
  
 

You may also like