पहिलो पाइला बुटवलद्वारा गुल्मीमा झोला वितरण

by समतल अनलाइन

बुटवल । पहिलो पाईला नेपाल बुटवलशाखाद्वारा गुल्मि छापहिलेमा शिशु कक्षा देखि पाचँ कक्षा सम्मका बालवालीकालाई सस्थाको शिक्षा अभियान अन्तर्गत भाग्य भोक्ने झोला वितरण गरेको हो।

शिक्षा अभियान अन्र्तगतको भाग्य बोक्ने झोला कार्यक्रम मालिका गाउपालिका छापहिलेमा छापहिले माध्यमिक विधालयमा अध्यनरत८० जना विधार्थिलाई झोला.सिसा कलम,कापि,टिफिन बक्स,रुलर,ज्यामिट्रि बक्स जस्ता लगाएतका सामाग्रि वितरण गरेको हो।विधालयमा अधिकाशं गरिव,विपन्न परिवारका वालवालिकाले अध्ययन गर्दै आएका छन।

बुटवल शाखाका अध्यक्ष पारस मरासिनिको अध्यक्षता र मालिका गाउपालिका प्रमुख रित बहादुर थापाको प्रमुख आतिथ्यमा क्रार्यक्रम भएको थियो।प्रमुख अथितिको रुपमा बोल्दै मालिका गाउपालिका प्रमुख रित बहादुर थापा विधालय स्तर उन्नितका लागी गाउपालिकाले पहल गर्ने र आउदा दिनहरुमा पहिलो पाहिलाको सहकार्य गर्दै कार्यक्रमा गर्ने प्रतिवद्धा व्यक्त गर्नुभयो ।

जिल्ला बाहिरको संस्थाले गाउपालिका भित्रको विधाललाई सहयोग गरेकोमा खुसि हुदै धन्यवाद समेत व्यक्त गर्नुभएको हो । बिशिस्ट अतिथि उक्त वडा अध्यक्ष श्यामलाल गिरि ब्यावस्थापन समितिका अध्यक्ष ओम बहादुर कार्कि बुटवल साखाका निवर्तमान अध्यक्ष आयुष पाैडेल सस्थाका सल्लाकार गंगाध न्युपाने विधायलयका प्रध्यानध्यापक धनु गिरि लगाएतले आतिथ्यता लिनु भएको थियो ।पहिलो पाईला नेपाल बुटवल साखाका सदस्य सन्तोस बन्जाडेको स्वागत मनतब्य ,बुटवल शाखाकि महिला उपाध्यक्ष लक्ष्मि के.सिको सञ्चालन भएको थियो भने संयोजक रमेश पछाईले उक्त कार्यक्रमको संयोजकत्व गर्नु भएको थियो।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष स्यामलाल गिरि ,विधालय ब्यावस्थापन समितपका अध्यक्ष ओम बहादुर कार्कि ,छापहिले मा.बि का प्राचार्य धनु गिरि आयुष पाैडेल ,गगाधर न्युपमने,सन्दिप सापकोटा ,सालिक भुसाल पुनम ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

 
 
  
 

You may also like