कोरोनाबाट मृत्यु भएका बरुणको परिवारलाई एक लाख साठी हज़ार आर्थिक सहयोग

by समतल अनलाइन

बुटवल । बुटवल तेक्वान्दो ब्ल्याक बेल्ट कमिटिद्वारा आयोजित स्व. रामु बरूण स्मृति कार्यक्रम जितगढी डोजाङमा सम्पन्न भएको छ । विहिवार भएको सो कार्यक्रममा कोरोनाको कारण मृ्त्यु भएकाहरुको परिवारलाई विभिन्न दाताहरुबाट संकलित रकम हस्तान्तरण समेत गरिएको हो । विभिन्न क्षेत्रका अतिथिहरू तथा खेलाडीहरूको रोहबरमा स्व. रामु बरूणकी श्रीमती लता बरूणलाई हस्तान्तरण गरिएको थियो । आर्थिक संकलन अमेरिका निवासी बिपिन श्रेष्ठ र लव प्रसाद गोर्खाली ज्यूको पहलमा उठाईएको थियो । आर्थिक संकलन युएई, बुटवल ब्ल्याक बेल्ट कमिटि, डोजाङ प्रमुख, सीनियर खेलाडीहरू तथा शुभचिन्तकबाट संकलन गरि एक लाख साठी हज़ार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
मुख्य सहयोगी अमेरिका निवासी लव प्रसाद गोर्खालीको प्रमुख आतिथ्यता , जितगढी तेक्वान्दो बिकास समितिका अध्यक्ष नरेन्द्र बस्नेत, बुटवल ५का वडा अध्यक्ष महेन्द्र लिगलको विशिष्ठ आतिथ्यता र बिपुल श्रेष्ठ, बुटवल तेक्वान्दो ब्ल्याक बेल्ट कमिटि उपाध्यक्ष प्रेम घमाल, नेपाल तेक्वान्दो संघ प्रदेश नं ५ सदस्य राजीव सिंह क्षेत्रि, रूपन्देही जिल्ला तेक्वान्दो समिति उपाध्यक्ष मदन थापा मगर ,स्व रामु बरूण श्रीमती लता बरूण,सिनियर ब्ल्याक बेल्ट खेलाडीहरू तथा स्थानीय सहभागितामा कार्यक्रम संपन्न भएको छ । बुटवल ब्ल्याक बेल्ट कमिटि अध्यक्ष नबिन कुमार रानाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको नयन जिएमले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

 
 
  
 

You may also like