मिलिजुली परिवारद्धारा न्यानो कपडा तथा आर्थिक रकम हस्तान्तरण

by समतल अनलाइन

बुटवल।गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको संयुक्त आयोजनामा वुटवल २ मा रहेको शिद्धबाबा दुर्गा भवानी शिवकुमारी शैंजु बृद्धआश्रमलाई न्यानो कपडा वितरण गरेको छ । मिलिजुली परिवारले सामाजिक संजाल टिकटकबाट जुटाएको पैसाले आश्रममा आश्रीत ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको हो । तराईमा जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई जाडोयामबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको मिलिजुली परिवारले जानकारी दिएको छ । मिलिजुली परिवारका संयोजक रारा संैजु(रेखा)ले टिकटकबाट लाईभ बसी कमाएको पैसा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको जानकारी दिईन । अहिलेसम्म देशभरका ४६ स्थानमा परिवारले सहयोग गर्दै आएको र अब शिक्षा तर्फ छात्रबृत्ति कोषको स्थापना गरिने जानकारी दिइन । उनले टिकटकलाई मनोरञ्जनको साधन मात्र नभएर आफ्नो कला प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा उपयोग गर्न सकिनके दाबी गरिने । विभिन्न आश्रममा मिलिजुलीले आद्यान्न तथा नगद सहयोग गर्दै आएपनि अब गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विद्यालयमा छात्रबृत्ति सञ्चालन गरिने उनले बताईन । सैंजूले आफ्ना सुसरा समाजसेवी गणेशमान शैंजुको प्ररेणाबाट सामाजिक क्षेत्रमा काम गर्दै आएको बताईन । दुर्गा भवानी शिवकुमारी शैंजू बृद्धआश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले आश्रमले अहिले बालआश्रम पनि सञ्चालनको तयारीमा रहेको जानकारी दिए । यसको लागि अहिले भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए । यस्तै गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठानका संरक्षक अनुपमान सैंजुले मनुष्य भएर जन्मिएपछि आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केही गर्नु पर्ने शोच बनाएर सामाजिक क्षेत्रमा लागेको बताए । बुबा गणेशमानको प्ररेणाबाटै आफु साजिक क्षेत्रमा लागेको उनले बताउँदै बुबा आमाको नाउमा अहिले आश्रम सञ्चालनमा भएको जानकारी दिए । विश्व हिन्दु महासंघ महिला समितिका महासचिब सुजिता सैजु, राधेराधे परिवारका सचिब धनमाया भट्टराई , लगायतले बोल्दै सामाजिक सञ्चालको सदुपयोग गर्दै सामाजिक क्षेत्रमा लाग्न सकिने उदाहरण मिलिजुली टिकटक परिवार रहेको बताएका छन । यस्तै प्रतिष्ठान र मिलिजुली परिवारले बृद्धआश्रममा कार्यरत कृष्ण बहादुर रेश्मीलाई पनि सहयोग गरेको छ । मृगौंला रोगबाट पिडित भएका उनलाई १ लाख ५ हजार ५ सय ५५ रुपैंया प्रदान गरिएका परिवारका सल्लाहाकार माधव भट्टराईले जानकारी दिए ।

 
 
  
 

You may also like