दिनहुँ बढ्दै चिसो, उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं। केही प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आज (बिहीबार) हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । आज राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

प्रदेश–१, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यसैबीच, काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् ।

देशभर चिसोको मात्रा दिन प्रतिदिन बढिरहेकाले यसबाट बच्न आम नागरिकलाई अनुरोध गर्दै मौसमविदले हरेक दिन २४ घण्टे चेतानवी जारी गरिरहेका छन् । उनका अनुसार अन्य स्थानका न्यूनतम तापक्रम भने अहिले पौने ९ बजे आउने छ । उपत्यकाकै आधिकारिक न्यूनतम तापक्रम पनि त्यही बेला रेकर्ड गरिने छ । तर अहिले गरिएको मापनभन्दा फरक तापक्रम देखिने सम्भावना खासै नहुने मौसमविद्को भनाइ छ ।

 

 
 
  
 

You may also like