महिला दुग्ध उत्पादक सहकारी संस्थाको सार्वजनिक सुनुवाई

by समतल अनलाइन

सैनामैना।रुपन्देहीको सैनामैना १ मा रहेका श्री बोलबम महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड दुग्ध प्रशोधन ब्यवसायमा सुधार गरी दुग्धजन्य पदार्थ उत्पादन गरी बिक्री बितरण गर्ने योजना बनाएको छ ।
गुणस्तरीय दुध, दही, पनीर, घीउ, छुर्पी र आईसक्रिमलाई आधुनिक उपकरणको प्रयोग गरी दुधको बिभिन्न परिकार उत्पादन गरी बिक्री बितरण् गर्ने योजना ल्याएको हो ।

यसका लागी संस्थाको ३९ लाख ६१ हजार २ सय ९० रुपैया नेपाल सरकार कृषि तथा पशु पन्छी बिकास मन्त्रालय, बिकेन्द्रीकृत आयोजना सहयोग ईकाइ बुटवलको ९९ लाख ३ हजार २ सय २६ रुपैया पूरक अनुदानमा र बैक तथा बित्तिय संस्थाको क्रृण लगानी रु ५९ लाख ४१ हजार ९ सय ३६ रुपैयामा गरी कुल १ करोड ९८ लाख ६ हजार ४ सय ५२ लागतमा आयोजना सुरु हुन लागेको हो ।

आधुनिक दुग्ध प्रशोधन भवन निर्माण, मेसिन उपकरण खरिद, दुग्ध गुणस्तरीय संकलन र प्रशोधनका लागि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पशुपंक्षि महाशाखा बुटवलका प्रमुख तुल्सीराम भण्डारीले नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना बुटवल आयोजनाको पूरक अनुदानमा सुरु हुन लागेको यो आयोजना महत्वपुर्ण रहेको बताउनु भएको छ ।
दुग्ध प्रशोधन कार्यको सुधार गरी गुणस्तरीय दुध तथा दुग्ध पदार्थको उत्पादन गर्न सके मात्र किसानहरुले उत्पादन गरेको दुध खरीद गर्ने क्षमताको विस्तार हुने समेत प्रमुख भण्डारीले बताउनु भयो ।

त्यस अवसरमा बोल्दै सैनामैनाका नगर उपप्रमुख बिना रानाले सैनामैना नगरपालिका दुध उत्पादनमा अब्बल हुदै गएको बताउँदै आयोजनाबाट यस क्षेत्रका दुग्ध उत्पादक किसानलाई थप उत्साह मिल्ने बताउनु भयो । सैनामैनामा नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर योजना बनाउदै आएको समेत उपप्रमुख रानाको भनाई थियो ।

२०७८ असोज १४ गते समझौता भएको आयोजनाको २०७९ कार्तिक ३० गते सम्म सम्पन्न हुने संस्थाका अध्यक्ष अम्बिका देवी भण्डारीले बताउनु भयो । किसानहरुको समस्या समाधान गर्नको मिति ०६८ सालमा ५० जना महिलाबाट सुरु गरिएका यस सहकारीमा हाल २१० जना रहेको समेत अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सैनामैना १ का वडाअध्यक्ष केयर सिह गलामी, ल्ीक्क्ष्ए का कार्यालय प्रमुख गान्धीराज उपाध्याय, पशुपंक्षि महाशाखा पुर्व निर्देशक डिलाराम भण्डारी संस्थाका प्रकाश घिमिरे, निमा डेगामगर लगायतले संस्थालाई बलियो बनाएर गएमा आयोजना सफल हुने भन्दै आयोजनामा किसानलाई माथि उठाउने योजना पनि समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

 
 
  
 

You may also like