टिपिएल ३ : मंगलबारको खेलमा मणिग्रामकिंगस् र तिनाउटाईटन्स् बिजयी

by समतल अनलाइन

बुटवल । प्रदेश स्तरको सबै भन्दा ठुलो धन रासीको क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको मंगलबार सम्पन्न खेलमा मणिग्राम किंगस् र तिनाउ टाईटन्स् बिजयि भएका छन ।
प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा तिनाउ टाइटन्स्ले लुम्बिनि शाक्यान्लाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान्ले १ सय ३ रनको योगफल तयार गरेको थियो । १ सय ४ रनको बिजय लक्ष्य सहित ब्याटिङ्गमाउत्रेको तिनाउको जितका लागि रोशन थामिले ३३ र अजयको सिल्याले ३८ रनको योदान गरेका थिए । शाक्यान्लाई झिनो रनमा रोक्ने क्रममा तिनाउका सुदन श्रेष्ठ र संदिप जोराले २÷२ विकेट लिएकाथिए ।
प्रतियोगितामा तिनाउ टाइटन्स्का संदिप जोराले म्यानअफ द म्याच म्याचको उपाधीजिते भने तिनाउकै अजय कौसल्यामष्ट भ्यालुएवल प्लेयर बने ।
प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा मणिग्राम किंगस् ४ रनको झिनो अन्तरले विजयी भएको छ । मणिग्राम किंगस्ले दिएको १ सय ३३ रनको लक्ष्य पच्छाएको पाल्पाली लिजेन्टले पुरै ओभर खेल्दा १ सय २८ रनमा समेटिएपछि मणिग्राम किंग्सको जित सुनिष्चितभएको हो ।
मणिग्राम किंगस्का लागि सुनिल भण्डारी नट आउट ६८ रनको योगदान गरेकाथिए । पाल्पाली लिजेन्टस्लाई हार चखाउन मणिग्रामका कृष्ण कार्कीले ४ ओभर बलिङ्गगर्दै १२ रन खर्चेर ४ विकेटललिएकाथिए ।

प्रतियोगितामा मणिग्रामका कृष्णकार्की म्यानअफ द म्याचबने भने सुनिल भण्डारी मष्टभ्यालु एव लप्लेयर भए ।
प्रतियोगितामा राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएकाछन ।

तिलोत्तमान गरपालिका वडानम्बर ६ स्थित नव जिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमाजारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेताहुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

तियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा रुपन्देही पल्टन्स्ले ज्ञानोदय गोल्डस्को सामना गर्नेछ भने दोस्रोमा पाल्पाली लिजेन्डस्ले एक्स्पर्ट रोयल शंकरनगरको सामनागर्ने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

 
 
  
 

You may also like