महराको म्याद थपबारेको बहस सकियो

२८ आश्विन २०७६, मंगलवार

काठमाडौं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा जारी बहस सकिएको छ । अबको केही बेरमा यसबारेको निर्णय सार्वजनिक हुनेछ ।

महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासमा बहस भएको थियो ।

उनीमाथिको थप अनुसन्धानका लागि म्याद थप सम्बन्धी निर्णय हुने सम्भावना रहेको छ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको जाहेरी परेपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । दशैं बिदापछि आजबाट अदालत खुलेसँगै महरालाई अदालतमा पेश गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया