सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई मुख्य गेटमै रोक्ने तयारी

by समतल अनलाइन

काठमाडौ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो । यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरु उनले तोकेको इजलासमा पनि बसेका छैनन्  ।

 
 
  
 

You may also like