एक वर्षकी दर्शनाको जन्मदिन मानव सेवा आश्रममा

by समतल अनलाइन

बुटवल । पछिल्लो समय नेपाली पुस्ताहरु आफ्ना सामान्य देखि विशिष्ठ कार्यक्रमहरु विभिन्न होटल , रेष्टुरेण्ट , पार्टी प्यालेस लगाएतका स्थानमा ठुलो जमघट गरेर मनाएको पाउँछौ । तर समाजमा केही नौला अभ्यासहरु पनि देखिने गर्दछन् । एकातर्फ मोजमस्ती सहितको रंगिन कार्यक्रमहरु भने अर्को तर्फ विभिन्न रमाईला अवसरमा आफ्ना खुसीहरु आदान प्रदान गर्न दिनदुखी, गरिवहरुलाई सहयोग गर्न पुग्छन् । त्यँही सहयोगी र मानवताको मन सहित एक वर्षकी बालिका दर्शना पुरीका अभिभावक विक्की पुरी र सरिता पुरी मानव सेवा आश्रम बुटवलमा शुक्रवार पुग्छन् ।
सहयोगापिछे सडक मानवहरुलाई गाँस , बाँस र कपासको व्यवस्थापन गर्ने मानवसेवा आश्रम , बुटवलमा झण्डै ८० जनाको विचमा दर्शनाको जन्मदिन मनाइएको हो । आश्रममा खाना , फलफुल ,जुस लगाएतको व्यवस्था गरिएको थियो । बालिकाका बुवा विक्की पुरीेले प्रचार र चर्चामा आउन सहयोग नगरेको बताउदै यसरी सवैले आफ्ना विभिन्न अवसरमा यस्ता आश्रम तथा दिनदुखीहरुलाई मद्धत गर्न आग्रह गर्नु भयो । उहाँले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।

 
 
  
 

You may also like