भीम रावलले गरे एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार

by समतल अनलाइन

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गरेका छन् ।

रावलले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन् । ‘गुटबन्दी’ का आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलले बताएका छन् ।

‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले आज (मंगलबार) बिहानै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सुदूरपश्चिममा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

 
 
  
 

You may also like