३९० जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

by समतल अनलाइन

काठमाडौ  । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,०२६ जनाको नमूना परीक्षणमा ३९० जनामा कोरोना संक्रमण देखिएको हो ।

पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ । सोहि अवधिमा कूल २,६०६ जनाको पीसीआर र २,४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ । ४२५ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ७,६५४ रहेको छ।

 
 
  
 

You may also like