१४३ मा कोरोना संक्रमण, नौं जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कूल दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट दुई संक्रमित पहिचान भएका छन् । उक्त अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ५६३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।

 

 
 
  
 

You may also like