सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

by समतल अनलाइन

सल्यान । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृत्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिए ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै र सात जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा ३० जना सवार रहेका थिए । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like