५३३ मा कोरोना संक्रमण, नौं जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७,४६८ पीसीआर र ४,१९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ । कुल संक्रमितमध्ये ९,३१८ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४९० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ ।

उक्त अवधिमा नौं जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ । हाल ११८ जना क्वारेन्टाइनमा छन् । २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like