अटो ब्यवसायिको वृहत अन्तरक्रिया

by समतल अनलाइन

बुटवल।नाडा अटोमोबाईल्स एसशियसन अफ नेपाल तथा लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा (लुम्बिनी) को संयुक्त सहकार्यमा आईतबार रुपन्देहीमा वृहत अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्दै ब्यवसायलाई राज्य र राज्यलाई ब्यवसायमा जोड्ने रुपमा गरिएको कार्यक्रम महत्त्वपूर्ण भएको बताए । लुम्बिनी प्रदेशका ६ जिल्ला अटो मोबाइल्सका लागि उपयुक्त क्षेत्र भएको दाबी गरे। सानैबाट शुरु गरेका धेरै देश उत्पादनशिल क्षेत्रमा लगानी बढाउदा सफलता मिलेको भन्दै ब्यवसायीहरु एकतावद्घ हुन सुझाव दिए । रोजगारीलाई प्रोत्साहन गर्न स्किल एकेडेमी स्थाई रुपको बनाउने प्रदेश सरकारले घोषणा गरेको भन्दै यसमा अटो क्षेत्र अघि बढे आवश्यक सहकार्य गर्न तयार रहेको उनले बताए ।
नाडा केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बलालले समयसापेक्ष ब्यवसायीहरुको संख्या बढेपनि पुर्वाधार विकास नभएको दुखेसो गरे। नया अटो ल्याड, फलाई ओभर निर्माण नहुदा धेरै समस्या आएको उनले बताए । यातायातको साधन काठमाडौंमा भित्रिएसंगै तुलाराम दुगडको नेतृत्वमा बीस २०३२ सालमा स्थापना भएको उनले बताए । देशमा कुल ४० लाख सवारी साधन छन । जसमा ३२ लाख २ पाग्रे छन । १० प्रतिशत मोटरसाईकल, १ प्रतिशत चारपाग्रे छन । करीब १० हजार मध्ये ३ हजार संस्थागत रुपमा गोलबद्घ भएको उनले बताए ।
लुम्बिनी प्रदेश चेम्बर अफ कर्मशका अध्यक्ष टंकप्रसाद पोखरेलले यस क्षेत्रमा रहेका विभिन्न निजि क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यमा नया भित्रिएका टेक्नोलोजीहरुको विषयमा नाडा सहकार्य बढाउनुपर्ने सुझाव दिए । सिमा क्षेत्रमा हुने अवैध ब्यापार रोक्न सरकारको भुमिका ल्याउनुपर्ने उनले सुझाव दिए । मंसिरको २२—२४ गते नाडाको ४३ औ अधिवेसनको नाडाका उपाध्यक्ष करण चौधरीले आफू नेतृत्वमा आएसंगै संस्थागत विकास र नया ढंगबाट अगाडि बढाउने प्रतिवद्घता जनाए । देश प्रदेश संरचनामा गएसंगै नाडालाई पनि लैजान सफल हुनु महत्त्वपूर्ण भएको भन्दै उनले संस्थागत विकास भैरहेको बताए । प्रदेशस्तरमा जादा समस्याहरु समाधानमा स्थानिय नेतृत्व सफल हुनु सबैभन्दा ठूलो सफलता भएको उनले बताए ।
नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले ब्यवसायिकसंगै सामाजिक क्षेत्रमा संस्थागत रुपमा काम गर्दै आएको बताए । जसमा ट्राफिक सम्मान, कोभिड १९ सुरक्षा सामग्री वितरण कार्यक्रम गरिएको उनले बताए ।

 
 
  
 

You may also like