पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म रहन्छ : गृहमन्त्री खाँण

by समतल अनलाइन

रुपन्देही। गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहने बताएका छन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले भने, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’

 
 
  
 

You may also like