पाच सय बढी नेपाली काग्रेसमा प्रवेश

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिका वडा नं ११ मा भएको एक कार्यक्रममा स्थानिय ५ सय बढी अन्य पार्टीका कार्यकर्ता नेपाली काग्रेस पार्टीमा प्रवेश गरेका छन । वडा नं ११ को समितिको आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पाच सय बढि विभिन्न पार्टीका क्रियाशिल सदस्यहरु नेपाली काग्रेस पार्टीमा प्रवेश गरेका हुन । नेपाली काग्रेस पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्मा, तरुण दलका पुर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, महासमिति सदस्य युवराज गिरि, काजीमान श्रेष्ठ, बाल कुमारी भण्डारी, राम बहादुर कार्कि, क्षेत्र नं २ का सभापति हरि लम्साल नेपाल, नेपाली काग्रेस पार्टी रुपन्देही जिल्ला सचिव रामकृष्ण खाड, नगर सभापति खेलराज पाण्डे, वडा नं ११ का सभापति जित बहादुर मल्लले टीका तथा माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्माले लोकतान्त्रिक पार्टीमा प्रवेश गर्ने नया सदस्यहरुलाई स्वागत गर्दै नारा अनुसार समावेशी रुपमा नेपाली काग्रेसमात्र जनताको भावना अनुसार काम गर्ने पार्टी भएको दाबी गरे ।
कार्यक्रममा काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले स्थानिय तहबिच सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताईन । हरेक पार्टीमा महिलाहरु अझै पनि नेतृत्वमा आउन नसकेको दुखेसो गरिन । पुरुष सरह महिलाहरु पनि नेतृत्व गर्न सफल रहेको भन्दै उनले महिलालाई घरायसी कामबाट मुक्त गराएर राजनितिमा ल्याउनुपर्ने बताए ।
महासमिति सदस्य युवराज गिरिले नेपाली काग्रेसमा आम नागरिकहरुको आकर्षण बढेको बताए। नेपाल सगरमाथाको देश, बुद्घको देश, विपिको देशका रुपमा परिचय बनाउन सफल रहेको उनले तर्क दिए ।
महासमिति सदस्य काजीमान श्रेष्ठले नेपाली काग्रेसको १४ महाधिवेशनपछि वडा स्तरमा नै ठूलो प्रवेश कार्यक्रम भएको बताए। नेपाली काग्रेसमा एउटा लहर आएको भन्दै नया पार्टी प्रवेश गरेका सदस्यलाई पनि चुनौति भएको उनले बताए । नया सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी दिने र उत्प्रेरणा दिन जरुरी रहेको उनले बताए। काग्रेसको लालझण्डा फहराउन जरुरी रहेको उनले बताए ।
महासमिति सदस्य बाल कुमारी भण्डारीले शेर बहादुर देउवा प्रधानमन्त्री रहदा वाचा गरेअनुसार ६५ वर्ष माथि उमेरलाई मासिक भत्ता दिने कामलाई अबको सरकारले पूरा गर्ने उनले बताईन । यसैगरि पटकपटक लालपुर्जा दिने बाचा गरेको कम्युनिस्टबाट जनता धोका पाएको भन्दै काग्रेसले यो पूरा गर्ने उनले बताए ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं २ का सभापति हरि लम्साल नेपालका कम्युनिस्टहरु जनताको हकहितभन्दा नामका लागि अग्रसर रहेकाहरुमात्र रहेको भन्दै केपि ओलीको कारण कम्युनिस्ट पार्टी सक्किन लागेको दाबी गरे । जनतालाई ढाट्ने र ठग्ने रुपमा मात्र अग्रसर र गफ चुट्ने काम कम्युनिस्ट सरकारको पालामा भएको उनले बताए । नेपाली काग्रेस पार्टीका नेता जे बोल्छ त्यो काम गर्ने प्रतिवद्घता अनुसार गर्ने पहिचान बनाएको उनले बताए ।

 
 
  
 

You may also like