आरतीको आठौ साधारण सभा

by समतल अनलाइन

बुटवल।आरती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधरण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थामा भएका कमीकमजोरीहरु हटाउन प्रदेश सरकारमार्फत आफुले पहल गर्ने बताए । नेपालका सहकारीको अवस्थाबारे प्रष्ट पार्दै सहकारीमा भएको ६६ अर्ब रुपैया बराबरको सहकारीमा भएको रकम ब्यवस्थित हुन नसकेको भन्दै प्रत्येक सहकारीले ५१ प्रतिशत उत्पादनशिल क्षेत्र वा बहुउद्देश्यीयमा लगाउनुपर्ने बताए । सहकारी बोर्ड स्थापना भएपनि त्यसको एउटै बैठक बस्न नसकेको भन्दै अब यसको औचित्य नरहेको दाबी गरे । ऋण तथा बचत सहकारीहरु अनिवार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगाउने गरि नीति ल्याउन लागेको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयका रजिस्ट्रार प्रेम प्रसाद आचार्य, जिल्ला सहकारी रुपन्देहीका सचिव टीका न्यौपाने, लालटिन बहुउद्देश्यीय सहकारीका अध्यक्ष गंगालाल सापकोटा सहकारी अभियन्ताहरुको अथक प्रयास र योगदानबाट अहिलेको अवस्थामा आईपुगेको बताए । सहकारीमैत्री कानुन नहुदा सहकारी संस्थाहरु संचालन धेरै कठिनाईहरु रहेको भन्दै सहकारी विकास बोर्डको स्थापना जुन हिसाबबाट भएको छ त्यसअनुरुप काम गर्न नसकेको उनले दुखेसो गरिन ।
सहकारीका शेयर सदस्य मध्येबाट जेष्ठ नागरिक सदस्य सम्मान गरिएको थियो । यसैगरि उत्कृष्ट बचतकर्ता शंकर थापा, सावित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो। सहकारीका बजारप्रतिनिधि बालकुमारी श्रेष्ठ उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।
भविष्यको साथी, हाम्रो सहकारी नारासहित स्थापना भएको सहकारी उत्पादनसंग जोडेर अगाडि बढ्ने सहकारीका अध्यक्ष खड्ग बहादुर थापाले बताए । सहकारी संस्थामा १ हजार ५ सय बढि शेयर सदस्यहरु रहेको सहकारीका ब्यवस्थापक नारायण आत्रेयले बताए । सहकारीमा १२ जना कर्मचारीहरु कार्यरत छन ।

 

 
 
  
 

You may also like