सरकार उल्टो बाटोमा हिंड्यो, संसद सिन्को भाँच्न नसक्ने भयो : सुवास नेम्वाङ

by समतल अनलाइन

काठमाडौं। नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुको विरोधका कारण एक सेकेण्ड पनि सदनको काम कारवाही नरोकिएको स्पष्ट पारेका छन् ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेका कारण सदनको काम कारवाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले सदनको काम कारवाही नरोकिएको स्पष्ट पारेका हुन् । नेम्वाङले सरकारले नै कुनै विधेयक नल्याएर सदनलाई कामविहीन बनाएको आरोप लगाए । उनले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाँच्न नसकेको तर्क गरे ।

नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्य व्यवस्थामा पनि एमालेसँग कुनै छलफल नै नभएको जिकिर गरे । नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राखे ।
नेम्वाङले सदनमा पेश भएका विधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गरे ।

 
 
  
 

You may also like