रुपन्देहीका लन टेनिस खेलाडीलाई बिदाई

by समतल अनलाइन

बुटवल ।गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा काठमाण्डौमा हुने वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा रुपन्देहीबाट सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ ।

९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भागलिने जुनियर तथा सिनियर खेलाडीहरुलाई रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले एक समारोहका बिच आईतबार देविनगर लन टेनिस कम्प्लेक्समा सफलताको शुभकामना दिदै बिदाई गरेको हो । संघका अध्यक्ष सन्जय श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवाली, रामु बिक, मनोज बस्नेत, अनिल सेन्चुरी, बालकृष्ण अर्यालले प्रशिक्षक तथा खेलाडीहरुलाई खादा तथा टिका लगाएर बिदाई गरेका थिए ।

युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा लन टेनिस प्रशिक्षण दिदै आएको छ । बुटवलबाट विभिन्न उमेर समुहका जुनियर १३ जना र सिनियर गरि दुई दर्जन बढी खेलाडीहरुले प्रतियोगितामा भाग लिदै छन ।

गणेशमान सिह फाउण्डेसनको आयोजनामा ललितपुरस्थित सातदोबाटो कम्प्लेक्समा आठ दिनसम्म चल्ने प्रतियोगितामा देशभरका खेलाडीहरुले भाग लिदैछन । प्रतियोगितामा मेन्स सिगल÷डबल्स, वुमन्स सिगल÷डबल्स, ३५, ४५, ५५, ६५ प्लस उमेर समुहमा सिगल÷डबल्स खेलहरु हुने छन । यसैगरि जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु–८, यु–९, यु–१०, यु–१२ तथा यु–१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । कुल २ सय बढी खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने खेल संयोजक सन्तोष खत्रीले बताए ।

 
 
  
 

You may also like