श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु नयाँ पेज

by समतल अनलाइन

तेह्रथुम। तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । छथर गाउँपालिका ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्तकुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो ।

आपसी झगडा भई कुटपिट हुँदा गोबिन्दबहादुरको आइतबार राति मृत्यु भएको हो । उनीहरुबीच आफ्नै घरमा झगडा भइ कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्दबहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

वेहोस अवस्थामा रहेकी भक्तकुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like