अन्तरिक्षमा चलचित्र छायाँकन गर्न गएको रुसी टोली पृथ्वीमा अवतरण

by समतल अनलाइन

काठमाडौं। रसियन चलचित्र ‘च्यालेन्ज’ अन्तरिक्षमा चलचित्र छायांकन गर्ने पहिलो चलचित्र बनेको छ । १२ दिन अन्तरिक्षमा बसेर ४० मिनेटको चलचित्र छायांकन गरेर चलचित्रका निर्देशक तथा कलाकारलगायत टिम पृथ्वीमा सुरक्षित फर्किन सफल भएको हो ।

उनीहरुले १२ दिन इन्टरनेशनल स्पेश स्टेसन (आईएसएस) मा बसरे छायांकन गरेर आइतबार फर्किएका हुन् । यो लो अर्थ ओर्बीटमा बनाइएको कृत्रिम सेटलाइट स्टेशन हो । यो कृत्रिम सेटललाइट स्टेशन पाँच वटा स्पेस एजेन्सीहरु नासा, रोस्कोस्मोस, जाक्सा, ईएसए र सीएसए मिलेर निर्माण गरिएको हो ।

निर्देशक क्लिम शिपेन्को र अभिनेत्री युलिया पेरेसिल्ड काजाकिस्तानमा उत्रिएका थिए । त्यहाँ उनीहरुको अवतरण छायांकन गर्ने चलचित्रकै अर्को टोली पहिले नै उपस्थित थियो ।

आईएसएसले पोस्ट गरेको विदाई ट्वीटमा अभिनेत्री पेरेसिल्डको वजनरहित कपालसहितको भिडियोले यो चलचित्र कतै पृथ्वीकै सेटमा छायांकन गरेको होला भन्ने शंका वा भ्रमलाई तोड्न पर्याप्त देखिन्छ ।

यदि यो चलचित्र सफल भएर प्रदर्शन भयो भने यसले नासा र एलोन मस्कको स्पेसएक्सले हलिउड अभिनेता टम क्रुजसँग स्पेशमा गएर छायांकन गर्ने घोषणा गरेको चलचित्रलाई उछिन्ने छ । चलचित्रको कथाबारे धेरै खुलाइएको छैन । तर, स्पेशमा छायांकन गरिएको भिडियोको आधारमा भन्ने हो भने अभिनेत्री पेरेसिल्ड एक डाक्टरको भूमिका निभाउँदै छिन् ।

आफ्नो जिम्मेवारी निभाउने क्रममा एक बिरामीको उपचार पृथ्वीमा सम्भव नभएपछि बिरामीलाई स्पेशमा लगेर उपचार गराइन्छ । अब चलचित्रका निर्देशक र अभिनेत्रीलाई १० दिनका लागि रसियाको स्टार सिटी प्रशिक्षणमा लगिने छ । जुन बस्न मिल्ने गरी बनाइएको आर्टिफिसियल सेटलाइट हो । बीबीसी

 
 
  
 

You may also like